५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आग्रहः सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ



फाइल फोटो
अ+ अ-

काठमाडौँ ।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताउनुभएको छ ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताउनु भयो । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएपनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पार्नुभयो । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उहाँको आह्वान छ । महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गर्नुभयो । सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पार्नुभयो । एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘अब आउने महाधिवेशनमा संगठनात्मकमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । भर्खरै विधान महाधिवेशनले गरेको छ । राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था छैन । त्यो पनि विधान महाधिवेशनले गरिसकेको छ । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने छैन । केही सानोतिनो परिवर्तन रहेछ भने महाधिवेशनले छोटो विधिबाट त्यसलाई गर्नेछ । लामो डिस्कशन हुँदैन । छोटो विधिबाट नै हामी टुंग्याउँछौँ । यस महाधिवेशनमा नीति, संगठनात्मक संरचना यि कुराहरुलाई अघि बढाउने नेतृत्व निर्माणको काम गर्नेछौँ । यसमा कुनै प्रकारको कतै असहमति राख्नुपर्ने ठाउँ पनि छैन, आवश्यकता पनि छैन । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाऔँ । महाधिवेशन अवश्य नै पुनःगठन, पुनः संरचनाको थलो नै हो । तपाईंले त्यहीँ ठाउँमा बसेर खोलो छुन सक्नुहुन्छ, त्यही पानी छुन फेरि सक्नुहुन्न ।’

‘नेकपा एमाले यस्तै एउटा गतिशिल पार्टी हो । अधिवेशन हुँदा केही हेरफेर, नयाँ केही साथी आउने, केही हट्ने हुन्छ । त्यसमा जस्तो खालको मागको स्टाइलले कुरा उठ्यो, पुनःगठन,परिवर्तन, हस्तान्तरण, पुस्तान्तरणको कुरा उठेको छ । हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण पनि हुन्छ, नगराँै भने पनि हुन्छ । आवश्यकताअनुसार हुन्छ नै । महाधिवेशनमा मतदान हुन्छ, कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा कसैलाई अघि बढ्नै नदिएर रोक्ने काम हुन्छ की भन्ने काम हुँदैन । प्रतिष्पर्धा खुला हुन्छ, प्रतिष्पर्धा गर्न चाहनेले राम्रोसँग प्रतिष्पर्धा गर्न पाउँछ । तर अध्यक्षका हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छोड्नुपर्छ सहमतिका साथ छोडौँ, जो बस्नुपर्छ, सहमतिका साथ बसौँ । सहमतिका साथ जाऔँ । भन्दै गर्दछन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै लडेन । कसैलाई चुनाव लड्न दिइएन । नदिइएको होइन, एकतावद्ध भएर जाऔँ । कसैलाई अपमान नगरौँ । परस्परमा सम्मानको संस्कृति विकास गरौँ ।’

अध्यक्ष ओलीले प्रतिष्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पार्नुभयो । आफूहरुले रोजेर नै प्रतिष्पर्धाको तरिका ल्याएको बताउनु भयो ।




भर्खरै