१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीमामा परे लुम्बिनीका निरोशन



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका खेलाडी निरोशन डिकवेला कारबाहीमा परेका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१ आचारसंहितासम्बन्धी अनुशासन उल्लङ्घन गरेपछि कारबाही गरिएको हो ।

उक्त खेलका क्रममा अम्पायरले दिएको लेग विफोर विकेट (एलबिडब्ल्यु)को निर्णयमा असहमति जनाएकामा निरोशनलाई कारबाही गरिएको जनाइएको छ ।

अम्पायरले पोखराका खेलाडीलाई नटआउट दिएपछि उनले अम्पायरलाई आफ्नो पञ्जा देखाए देखाएका थिए ।

डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।