२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो छः अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभएको छ ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताउनुभएको हो ।

उहाँले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताउनु भयो । अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको उहाँको भनाई छ । उहाँले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गर्नुभयो । त्यो एकताको नेतृत्व संघले गरेको उहाँको भनाई छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकता हामीले शुरु गरेका छौँ । यो अभियानको शुरुवात हो । आजको एकताले विगत करिव ४ वर्ष अगाडीदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ । गैरआवासीय नेपाली संघमा असाध्यै अफ्ठ्यारो परिस्थिति थियो । यो अफ्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ, एकता गरेर । हामी गैरआवासीय नेपाली संघले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति, सहकार्य र एकताको खाँचो छ । समृद्ध नेपाल निर्माणको लागि, यो केवल गैरआवासीय नेपालीको लागि मात्रै होइन । हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरु, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति, सहकार्य र एकताको खाँचो छ, त्यो एकताको सन्देश हामीबाट शुरुवात भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ, गैरआवासीय नेपालीहरुले पनि समृद्ध नेपालमा हामीले आफ्नो योगदान अवस्य गर्नेछौँ ।’ 

विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उहाँले बताउनु भयो । उहाँले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताउनु भयो ।




भर्खरै