२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली नागरिकता पायौँ तर चलेको छैनः डा केसी



अ+ अ-

काठमाडौँ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकत्ता पाएपनि नचलेको गुनासो गर्नुभएको छ ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले यस्तो गुनासो गर्नुभएको हो । गैरआवासीय नेपाली नागरिकता नचल्नु देशको कमजोरी भएको उहाँले बताउनु भयो ।

उहाँले आफूले दिएको कागज आफ्नै देशमा नचल्दा गैरआवासीय नेपालीहरुले आर्थिक कारोबार गर्न नपाएको बताउनु भयो । उहाँले जग्गाजमिन पास लगायतका काम प्रभावित भएको उल्लेख गर्नुभयो । यो समस्या छिट्टै समाधान गर्न उहाँले सरकारसंग आग्रह गर्नुभयो । उहाँले गैरआवासीय नेपाली संघले खडा गरेको एनआरएनए नेपाल डेभलभमेन्ट फण्ड कानूनको अभावमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भयो । १०० मिलियन डलरको उक्त फण्ड संचालनको लागि सामान्य निर्देशिका समेत सरकारले बनाउन नसकेको उहाँको आरोप छ । उहाँले वर्तमान सरकारले सानोतिनो निर्देशिकाहरु परिवर्तन गरेर यो संयुक्त लगानीको वातावरण अब छिट्टै बनाउनेमा आफू आशावादी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७२ सालको संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार अनुसार हामीले नागरिकत्ता त पाएका छौँ । तर त्यो नागरिकत्ता चलेको छैन । त्यो गैरआवासीय नेपालीहरुको लागी मात्रै होईन, नेपाल सरकारको लागी त्यो ठूलो च्यालेन्स हो । आफूले दिएको कागज आफ्नै देशमा चल्दैन । हामीले जग्गा जमिन पास गर्न पाएका छैनौँ । हामीले आर्थिक कारोबारहरु गर्न पाएका छैनौँ । यो हाम्रो व्यक्तिगत कुरा भयो तर सरकारको लागी यो ठुलो च्यालेन्ज छ । मैले यो गुनासो गरेको होईन, यो च्यालेन्जलाई चाँही अब सरकारले हेर्नुपर्छ भन्ने मेरो आग्रह छ । त्यसैगरि विदेशमा बस्ने नेपालीको जिडिपी नेपालभित्र बस्ने नेपालीको भन्दा बढी छ । हामीले २००५ बाट १०० मिलियन डलरको संयुक्त एउटा कोष ल्याउ भनेर एनआरएनए नेपाल डेभलभमेन्ट फण्ड खडा गरेको ५ वर्ष भईसक्यो । कानून होइन, सानो सानो निर्देशिका पनि परिवर्तन गर्नसकेका छैनौँ । यो सानोतिनो निर्देशिकाहरु परिवर्तन गरेर कमसेकम यो संयुक्त लगानीको वातावरण अब छिट्टै बन्छ भन्नेमा म प्रधानमन्त्रीको अगाडी आएर बोल्दै गर्दा विश्वस्त छु ।’ 

उहाँले गैरआवासीय नेपाली संघमा आएको विभाजनका कारण गैरआवसीय नेपालीको मुद्दा नै कमजोर बनेको बताउनु भयो । विभाजनको विगत ४ वर्षमा ठूलो समस्या भोगेको उल्लेख गर्नुहुँदै उहाँले सबैको अस्तित्व स्वीकार गरी अब कहिल्यै विभाजन नहुनेगरी एकता गरेको जानकारी दिनुभयो । उहाँले विभाजन गर्नै नमिल्ने गरी कानूनी व्यवस्था गर्न समेत सरकारसंग माग गर्नुभयो ।