१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर सिंहमाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह हालै आईफा अवार्डमा सहभागी बनेका थिए। यस क्रममा स्टेजमा उनले फिल्म कान्तारा मा देखाइएकी चावुंडी (चामुण्डा) देवीको मजाक गरेका कारण उनीमाथि धार्मिक भावनामा आघात पुर्‍याएको आरोप लागेको छ।

फिल्म फेस्टिभलमा रणवीर सिंहले फिल्मका निर्देशक तथा अभिनेता ऋषभ शेट्टीलाई भने, ‘ऋषभ, मैले यसलाई (कान्तारा) थिएटरमा देखेको थिएँ। त्यो एकदमै उत्कृष्ट प्रदर्शन थियो, विशेषगरी जब महिला भूत (फिमेल घोस्ट) तपाईंको शरीरमा आउँछ। त्यो एक शट निकै उत्कृष्ट थियो।’

आगामी भनाइमा रणवीरले भने, ‘के तपाईंहरूले कान्तारा हेर्नुभएको छरु जब त्यो शट आउँछ’ भन्दै उनले सो पात्रको नक्कल गर्दै मजाक उडाए। उनले अगाडि भने, ‘के यहाँ कोही छ जो मलाई कान्तारा ३ मा देख्न चाहन्छ ? त्यो यस मानिसलाई भनिदियोस्।’

फिल्म फेस्टिभलबाट रणवीर सिंहको अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी स्टेजबाट झरेपछि पनि ऋषभ शेट्टीकै अगाडि चावुंडी देवीको मिमिक्री गरिरहेका देखिन्छन्। यतिबेला ऋषभ शेट्टी भने निरन्तर इशारा गर्दै उनलाई रोक्न प्रयास गरिरहेका थिए।

भिडियो सार्वजनिक भएपछि दर्शकहरूले रणवीर सिंहको कडा आलोचना गरिरहेका छन्। एक यूजरले लेखेका छन्, “रणवीर सिंहले साँच्चै चावुंडी माता लाई भूत भने। मजाकिया शैलीमा मिमिक्री गरेका छन्। उनी धुरन्धरका लागि समस्या खडा गर्न निकै मेहनत गरिरहेका छन्।”