२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

देउवाको प्रस्ताव सिटौला र निधिद्वारा अस्वीकार, खड्काको दोहोरो भूमिका !

देउवाको प्रस्ताव सिटौला र निधिद्वारा अस्वीकार, खड्काको दोहोरो भूमिका !
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन कार्यतालिकाको मितिलाई लिएर बढेको किचलो अझै साम्य भएको छैन । एकातिर मिलाउन खोज्दा अर्कोतिर बिग्रने स्थिति देखिएको छ । जसले कांग्रेस पार्टी नै विभाजनको संघारमा पुगेको छ ।

पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिने घोषणासहित कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका सभापति शेरबहादुर देउवा फेरि सक्रिय भएका छन् । उनले विवाद मिलाउन हरसम्भव प्रयास गरेको देखिन्छ । तर उनको प्रयासले पनि सार्थकता पाउन सकेको छैन ।

महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद बढिरहेका बेला असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकले ठोस निर्णय लिन सकेको छैन । केन्द्रीय समिति बैठक पटकपटक गरी ८ पटक त स्थगित भएको छ । बैठक बाहिर औपचारिक, अनौपचारिक छलफल भने जारी छन् । आजका लागि तय भएको केन्द्रीय समितिको बैठक फेरि सूचना जारी गरी भोलिसम्मका लागि सारिएको छ ।

महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिँदा सभापति देउवा आफैंले अग्रसरता लिएर छलफल गरिरहँदा पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन । सभापति देउवा पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएको दाबी कांग्रेसका केही नेताहरुले गरेका छन् । विशेष महाधिवेशनको माग भइरहेका बेला बेलाले भने नियमित महाधिवेशन नै गराउनुपर्नेमा जोड दिएका छन् ।

सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतसँग छलफल गरी पुस भित्रै नियमित महाधिवेशन गराउने गरी सहमतिका कार्यतालिका ल्याउन निर्देशन दिएका छन् ।

देउवाले पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिएपछि कृष्णपसाद सिटौला र विमलेन्द्र निधिले असन्तुष्टि जनाएका छन् । उनीहरुले कुनै पनि हालतमा चुनाव अघि महाधिवेशन गर्न नसकिने अडान राखेका छन् ।

तर महामन्त्री गगन थापाले भने जेन–जी आन्दोलनको विकसित परिस्थितिमा विशेष महाधिवेशमै जानुपर्ने माग गर्दै आएका छन् ।

नेताहरू रमेश लेखक, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्माले पनि पुसमा नियमित महाधिवेशन नै गर्दा उपयुक्त हुने मत राखेका थिए ।

सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिए पनि उनको भूमिका समेत शंकास्पद छ । सहमति नभएसम्म केन्द्रीय समितिको बैठक सारेको सार्‍यै गर्ने बताएका खड्काले भने सहमतिमा कुनै प्रस्ताव अघि ल्याउन सकेका छैनन् । पूर्वपदाधिकारीहरुको दबाबमा रहेका उनले महामन्त्रीहरुलाई पनि बिच्क्याउन चाहेका छैनन् । तर उनले दुवै पक्षलाई दबाब पुग्ने गरी मध्यमार्गी प्रस्ताव ल्याउन सकेका छैनन् ।

खड्का आफैं पनि भावी नेतृत्वका आकांक्षी हुन् । आगामी महाधिवेशनबाट उनी सभापति बन्ने अभियानमा भित्रभित्रै लागेका छन् । अझ देउवाको उत्तराधिकारी बनेर नेतृत्व लिने चाहना छ । तर त्यसका लागि सबै पक्षसँग उस्तै सम्बन्ध कायम गर्नुपर्ने भएकाले उनले कसैलाई बिच्क्याउन चाहेका छैनन् । त्यही कारण उनले कहिले संस्थापन पक्षका नेताहरुसँग त कहिले महामन्त्रीहरुसँग मिले जस्तो कुरा गरेर उनले दोहोरो भूमिका निर्वाह गरिरहेको देखिन्छ । यसले पनि कांग्रेसले निकास पाउन नसकेको हो ।