२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगमा आज कर्णाली र काठमान्डु भिड्दै



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमान्डु गुर्खाज र कर्णाली याक्स भिड्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हारको सामना गरेको काठमाण्डु चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले विजयी भएको हो । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाण्डु आजको खेलमा उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

चार खेल खेलेर दुई अंक मात्र जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ ।

पहिलो खेलमा चितवनसँग चार विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग तीन विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।