१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव

आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव
??????????? (?????), ?? ??????? ???? ???????? ?????? ??????? ??????? ???????? ???? ?????? ??????????? ????, ?????????, ????, ??????? ? ??????????? ??????????? ??????? ??????? ?????? ???? ???? ????? ??????????? ???????????? ??????? ??????????? ??????? ???????????? ???÷????
अ अ+ अ-

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक परिवर्तन भइरहे पनि जनताको अर्थिक तथा समाजिक सुधार नभएकाले पटकपटक समस्या आइरहेको बताउनुएको छ ।

आज जनकपुरमा दलित, पिछडावर्ग, थारू आदिवासी र अल्पसङ्ख्यक (डोटिम) परिसङ्घको धनुषा जिल्लास्तरीय बृहत् अन्तरक्रियामा उहाँले आर्थिक, सामाजिक परिवर्तनविना राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने धारणा राख्नुभयो ।

अध्यक्ष यादवले अबको क्रान्ति आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि डोटिम परिसङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “समाजको पिँधमा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने रहेछ । समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य र आर्थिक सामाजिक रुपान्तरणले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ”, उहाँको भनाइ थियो ।

उहाँले दलित, पिछडावर्ग, अल्पसङ्ख्यकहरु छुट्टाछुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै एकजुट भएर लड्नका लागि अपिल गर्नुभयो ।

डोटिम परिसङ्घका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको कार्यक्रममा परिसङ्घका सल्लाहकार डा पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे आफ्नो विचार प्रस्तुत गरेको थियो ।रासस