१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

किसानलाई कफी खेतीमा प्रोत्साहन, युवालाई वारिष्टा तथा ‘हस्पिटालिटी’ तालिम

किसानलाई कफी खेतीमा प्रोत्साहन, युवालाई वारिष्टा तथा ‘हस्पिटालिटी’ तालिम
अ अ+ अ-

लुम्बिनी। किसानलाई कफी खेतीमा प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने र सेवा क्षेत्र तथा पर्यटन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्ने लक्ष्यसहित यहाँ तालिम दिइएको छ ।

यही लक्ष्यसहित नौ वर्षदेखि लुम्बिनी वारिष्टा एन्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले अन्तरराष्ट्रिय मापदण्डअनुसार  वारिष्टा तथा हस्पिटालिटी तालिम उपलब्ध गराउँदै आएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित मिलनचोकमा रहेको उक्त ट्रेनिङ सेन्टरले अन्तरराष्ट्रियस्तरकै पूर्वाधार र प्रशिक्षकबाट तालिम दिएर स्थापनाको छोटो समयमा नै पाँच हजारभन्दा बढी युवालाई स्वरोजगार बनाउन सफल भएको जनाएको छ ।

कम्पनीले तालिमसँगै कफीको खेती हुने गाउँमा पुगेर विज्ञसहित किसानलाई प्रोत्साहित गर्ने, बिरुवा उमार्ने, मल–पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि ‘रेड चेरी’ सङ्कलन र प्रशोधनका व्यावहारिक सीपसमेत दिँदै आएको छ ।

‘कफी जोन’का रूपमा विकास भइरहेको गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरमा त्यहाँका किसानसँग सहकार्य गरेर कफीको खेती, नर्सरी, चेरी सङ्कलन, ग्रेडिङ र प्रशोधनका काम पनि भइरहेका  ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक शङ्कर शर्माले बताउनुभयो । यसलाई बिस्तार गरेर केही वर्षमै कफीका एक लाख बिरुवा उत्पादन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

“नेपालमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ । त्यही अभावलाई पूर्ति गर्ने, युवापुस्तालाई अन्तरराष्ट्रियस्तरमै रोजगारी पाउन सक्नेगरी दक्ष बनाउने गरी तालिमहरु सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“यसबाहेक मागअनुसार उत्पादन नहुँदा विदेशबाट बर्सेनि करोडौँ मूल्यको कफी आयात भइरहेको छ ।

यसलाई मध्यनजर गरी कफी खेती गर्न चाहने किसानलाई आवश्यक तालिम, बिरुवा र प्राविधिक सहयोगसमेत उपलब्ध गराएर उत्पादन बढाउने, नेपाली ब्रान्डको कफी अन्तरराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित काम गरिरहेका छौँ ।”

उक्त कम्पनीका अध्यक्ष सूर्य जिसीले हाल १२ जना प्रशिक्षकले वारिष्टा, बेकरी र सुसीको आधारभूत, एडभान्स र प्रोफेसनल तालिम दिँदै आएका बताउनुभयो । तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

“हामीले कागजी प्रमाणपत्रका लागि मात्र होइन, स्वदेश तथा विदेश दुवैतिर अवसर दिलाउने गरी व्यावहारिक सीप सिकाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ तालिम लिइसकेपछि विद्यार्थीहरू सोझै काम गर्न सक्ने गरी तयार हुन्छन् ।”

कम्पनीले तिलोत्तमाको मणिग्राम, भैरहवा र कपिलवस्तुको जितपुरमा शाखा बिस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

भैरहवा शाखाका प्रबन्धक लक्ष्मी रिजालले भारतबाट समेत युवाहरू तालिम लिनका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार बोल्न, सुन्न नसक्ने व्यक्तिहरूले पनि तालिम लिएर आत्मनिर्भर भएको बताउनुभयो ।