१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
अ अ+ अ-

सुनसरी। इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमा स्थापना भएका ३७ वटा अक्षयकोषमध्ये दाताले उपलब्ध गराएको रु २७ लाख बराबरको अक्षयकोषको ब्याजबाट प्राप्त रकम छात्रवृत्तिका रूपमा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्यालयले शैक्षिक तथा सहशैक्षिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा शिक्षकलाई समेत सम्मान गरेको छ । उत्कृष्ट शिक्षण गर्ने शिक्षकमध्ये खगिनकुमार चौधरी, सागर कट्वाल र युनिसा बस्नेतलाई नगदसहित सम्मान गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी विद्यालयमा बढी उपस्थित हुने शिक्षक तथा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अन्य शिक्षकलाई पनि सम्मान प्रदान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याउने नौ जना व्यक्तित्वलाई मरणोपरान्त सम्मान गरिएको विद्यालयले जनाएको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक आय तथा व्यय सार्वजनिक गर्दै रु चार करोड ८८ लाख ९६ हजार १४६ आम्दानी र रु चार करोड ८७ लाख ५० हजार ७२ खर्च भएको विवरण प्रस्तुत गरेको थियो ।