२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्चान्नब्बे जना विद्यार्थीलाई छात्रवृत्ति वितरण



अ+ अ-

सुनसरी। इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमा स्थापना भएका ३७ वटा अक्षयकोषमध्ये दाताले उपलब्ध गराएको रु २७ लाख बराबरको अक्षयकोषको ब्याजबाट प्राप्त रकम छात्रवृत्तिका रूपमा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्यालयले शैक्षिक तथा सहशैक्षिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा शिक्षकलाई समेत सम्मान गरेको छ । उत्कृष्ट शिक्षण गर्ने शिक्षकमध्ये खगिनकुमार चौधरी, सागर कट्वाल र युनिसा बस्नेतलाई नगदसहित सम्मान गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी विद्यालयमा बढी उपस्थित हुने शिक्षक तथा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अन्य शिक्षकलाई पनि सम्मान प्रदान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याउने नौ जना व्यक्तित्वलाई मरणोपरान्त सम्मान गरिएको विद्यालयले जनाएको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक आय तथा व्यय सार्वजनिक गर्दै रु चार करोड ८८ लाख ९६ हजार १४६ आम्दानी र रु चार करोड ८७ लाख ५० हजार ७२ खर्च भएको विवरण प्रस्तुत गरेको थियो ।