२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईशान पाण्डेले बने अर्धशतक हान्ने १७औँ खेलाडी



अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतक हिर्काएका छन् ।

जनकपुर बोल्ट्सविरूद्ध उनले ३३ बलमा आठ चौका र एक छक्काको मद्दतमा उनले अर्धशतक पूरा गरे ।

योसँगै उनी जारी सिजनमा अर्धशतक हिर्काउने १७औँ खेलाडी बनेका छन् ।  यो अर्धशतकले अर्धशतकको सङ्ख्या २१ पुगेको छ ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका  जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र  आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।