१५ श्रावण २०८३, शुक्रबार
,
Latest
अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार



अ+ अ-

ओखलढुङ्गा। जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिर्नुभएका तामाङ अचानक चेपमै अड्किनुभएको थियो ।

तामाङ करिब १०/१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उहाँलाई सकुशल उद्धार गरेको छ । तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ । रासस