१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३औँ जेसिज कप फुटबलको उपाधि केवी एकेडेमीलाई



अ+ अ-

म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न भएको २३औँ अन्तर मावि जेसिज कप फुबवलको उपाधि केवी एकेडेमी दरबाङले हात पारेको छ ।

बेनीको खुला मञ्चमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध तीन गोल गर्दै केवी एकेडेमीले उपाधि चुमेको हो ।

केवी एकेडेमीले पहिलो पटक जेसिज कपको उपाधि हात पारेको हो । यसअघि १७औँ जेसिजमा उपविजेतामा चित्त बुझाएको केवीले २३औँ संस्करणमा उपाधि जित्न सफल भएको हो ।

सेमिफाइनलमा किसानी चन्द्राकुन्ता माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बेनी सामुदायिक र लिटल गार्डेन एकेडेमीलाई पेनाल्टी सुटआउटमा एकका विरुद्ध चार गोल गर्दै केवी एकेडेमी फाइनल प्रवेश गरेका थिए ।

विभिन्न १९ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुने केवीका विद्यार्थी खेलाडीलाई रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित रु ५५ हजार ५५५ र उपविजेता बेनी सामुदायिकका विद्यार्थी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित रु ३५ हजार ५३५ द्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका इशान सुवेदी राइजिङ प्लेयर, बेनी सामुदायिकमा विका साइरेश पुन उत्कृष्ट डिफेन्डर, केवी एकेडेमीका मौसम रोका उत्कृष्ट मिडफिल्डर, बेनी सामुदायिकका सन्दिप क्षेत्री उत्कृष्ट स्ट्राइकर, केवीका सञ्जन घर्ती उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

प्रतियोगिता अवधिमा पाँच÷पाँच गोल गर्न सफल केवीका खिमबहादुर थापा, माउण्ट एभरेष्टका सज्जन थजाली र लिटल गार्डेनका एलिन जुग्जाली सर्वाधिक गोलकर्ता घोषित भएका आयोजकले जनाएको छ । उत्कृष्ट कोचको पुरस्कार केवीका टण्डीन लामालाई प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगद रु दुई हजार ५०० सहित ट्रफीद्वारा पुरस्कृत गरिनुका साथै अनुशासित टिम घोषित निस्कोट माविलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको प्रतियोगिताका संयोजक नविन पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्तीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य भण्डारीले म्याग्दीमा फुटबलको विकासमा जेसिज कपको भूमिका महत्वपूर्ण रहेको बताउँदै युवालाई खेलकुदले एकता र सहकार्यको भावनामा जोडिन भूमिका खेलेको चर्चा गर्नुभयो । रासस