१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको पहल लिन राप्रपाको प्रधानमन्त्री कार्कीलाई आग्रह



अ+ अ-

काठमाडौं । राप्रपाले नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेको छ ।

आज साँझ प्रधानमन्त्री कार्कीसंग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरुबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको हो ।

राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउनुहुँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गर्नुभएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले पेश गरेको ज्ञापनपत्रको व्यहोरा 

२०८२ साल भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी विद्रोह र त्यस पश्चात निर्माण भएको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै भएको र बनेको होइन भन्ने राप्रपाको दृष्टिकोण छ।

त्यसैले २०८२ फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल निम्न विषयहरूमा आफ्नो पहल प्रारम्भ हुन यो ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका छौं।

१) आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्।

२) अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस्।

३) जेनजी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ। यसप्रकारका कार्यहरू तत्काल रोकियोस्।

४) जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पुरा गरियोस्।

५)सरकारसँग विभिन्न मागहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेनजीहरु माथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन। यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस्।

राजेन्द्र लिङ्देन
अध्यक्ष