२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको २०औँ अर्धशतक कृष्णमूर्तिको नाममा



अ+ अ-

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २० पुगेको छ ।

जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २० पुगेको हो ।

सुदूरपश्चिम रोयल्सविरूद्ध उनले ३७ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक हिर्काउने १६औँ खेलाडी बनेका छन् ।

जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम   काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । जारी प्रतियोगितामा शतक भने कर्णालीका मार्क वाटले मात्रै प्रहार गरेका छन् । रासस