१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनीट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु



अ+ अ-

काठमाडौँ। काठमाडौँको गोदावरी नगरपालिका–६ शङ्खरापुर अस्पताल अगाडि मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

डोल्पा जिल्ला काईके गाउँपालिका–५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज मृत्यु भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनीट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदलयात्री थापालाई ठक्कर दिँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उहाँको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने मिनीट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । रासस