४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

त्रिवि मैदानबाहिर एनपीएलको अर्कै लिगः गुग्ली मःमदेखि डट बलसम्म

त्रिवि मैदानबाहिर एनपीएलको अर्कै लिगः गुग्ली मःमदेखि डट बलसम्म
अ+ अ-

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा बलरले गुग्ली फ्याँक्दैछन् । त्यही मैदान बाहिर खुद्रा व्यापारीहरूले कमाइको छक्का हानिरहेका छन् । मंसिर १ गतेबाट शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले स्टेडियम वरपरको सडकलाई सानो बजारमा परिणत गरिदिएको छ । एकातिर दर्शकको हुटिङ, अर्कोतिर चिया–चाउचाउ, मःम, क्लवका स्टिकर र जर्सीको होटमा व्यापारीहरू रमाइरहेका छन् ।

यस वर्ष आफूले मःम बेचिरहेको बताउँदै व्यापारी सापकोटाले दिनमा ४० प्लेटसम्म विक्री हुने गरेको बताउनु भयो । आफू सन्दीप लामिछानेको फ्यान भएकाले मःम स्टलको नाम नै गुग्ली मःम राखेको सुनाउनु भयो ।  “दिनमा ३०–४० प्लेट मःम बिक्छ, सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम नै ‘गुग्ली मःम’ राखेको छु”सापकोटा भन्नुहुन्छ ।

उहाँ जस्तै राजन शाक्यले क्लवका स्टिकर, झण्डा, क्याप, मास्क लगायत ६–७ प्रकारका सामान बेचिरहनुभएको छ ।  “दिनमा ३ हजारदेखि १० हजारसम्म कमाइ भइरहेको छ,” उहाँ भन्नुहुन्छ, “गत वर्षभन्दा यो पटक अलि कम हुन सक्छ तर पनि राम्रै छ ।”

तर सबै व्यापारी खुशी छैनन् । १८ वर्षीय धमन धामीको भने गुनासो छ । स्टेडियमभित्रबाट दर्शक निस्किन नपाउने कारण व्यवसाय खासै हुन नसकेको बताउनु हुन्छ । उहाँले यो नियमले ठूला स्पोन्सर र व्यवसायीलाई फाइदा पुग्ने तर साना खुद्रा व्यापारीमाथि भेदभाव हुने बताउनु भयो । उहाँ भन्नुहुन्छ— “स्टेडियमभित्र दर्शकले खेल अवधिभर बस्नैपर्ने नियम छ । एक पटक बाहिर निस्कियो भने पुनः प्रवेश गर्न पाइँदैन । यसले हाम्रो व्यापार चौपट भएको छ ।”

एनपिएल शुरु भएको पहिलो तीन दिन त प्रशासनले स्टल नै राख्न दिएन । स्टल राख्न नदिएको सम्झिँदै खुद्रा व्यवसायी रोशनी कोईरालाले समन्वयपछि राख्न दिएको र अहिले सानोतिनो व्यवसाय भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “पहिले त निकै दुःख भयो,पछि समन्वय गरेर बल्ल ठाउँ पायौँ । अहिले चिया, चाउचाउ, बिस्कुट बेच्दैछु । एनपीएलले रोजगारी त दियो, तर साना व्यापारीलाई हेर्ने दृष्टिकोण सुधार्नुपर्छ ।”

मंसिर २७ गतेसम्म चल्ने यो लिगले त्रिवि वरपरको सडकलाई २७ दिनको मेला बनाइदिएको छ । दर्शकको भीड, सवारीको जाम, मःम र चियाको बासनाः सबैले यो क्षेत्रलाई जीवन्त बनाएको छ । तर स्टेडियमभित्रको कडा नियमले बाहिरको कमाइमा ‘डट बल’ लगाइदिएको छ । खेल त भइरहेकै छ तर साना व्यापारीहरूको मनमा भने एउटै प्रश्न घुमिरहेको छ— “हामीलाई पनि मैदानभित्र खेल्न किन दिइएन ?”