१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लेअफमा पुग्नेमा आशावादी छौँः सुवास खकुरेल



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकाल्दा प्लेअफमा पुग्ने सम्भावना देखिएकाले आफूहरू आशावादी रहेको बताएका छन् ।

पोखरा एभेन्सर्जमाथि जितपछि पोखराका प्रशिक्षक खकुरेलले बाँकी खेल जित्दा पनि गणीतीय समीकरणले असर पर्ने भएपनि आफूहरू प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले टिम लयमा पनि रहेकाले दुई खेल जित्ने आशा गरेका छन् । टी ट्वान्टी क्रिकेटमा ओपनिङ साझेदारी महत्वपूर्ण भए पनि राम्रोसँग चल्न नसकेको उनी बताउँछन् । उनले ओपनरहरूले धेरै मिहनेत गर्नुपर्ने औंल्याए । खराब लय आए पनि खेलाडीले आफ्नो प्रोसेस पछ्याउनुपर्ने उनले उल्लेख गरेका छन् । लुम्बिनीका मालिकले हारपछि सामाजिक सञ्जालमा पोखेको निरासपति उनले अन्यथा लिन नहुने उल्लेख गरे ।

खेलाडी र टिमलाई आवश्यक लगानी गरेपछि टिम मालिकले पनि त्यहीअनुरूप प्रतिफल खोज्नु स्वाभाविक रहेको उनी बताउँछन् । तर, कहिलेकाहिँ राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने उनको भनाइ छ । आइपिएलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले पनि १७ वर्षपछि उपाधि जितेको स्मरण गर्दै उनले टोली राम्रो हुँदा पनि नतिजा आउन समय लाग्न सक्ने बताएका छन् । अहिले आफ्ना टिमका मालिक पनि सकारात्मक पक्षमा रहेको उनी बताउँछन् । उनले हरेक खेलमा फिनिसिङ हुन नसके पनि आज सफल भएको उल्लेख गरे । सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्छौं भन्ने आशामा रहेको उनको भनाइ छ । हार भएको खेलमा धेरै रणनीति काम नगरेको उनी बताउँछन् । यो जितले आगामी खेलमा आत्मविश्वास दिने उनको विश्वास छ ।

पोखरा एभेन्जर्सका जिमी निसमले आजको खेल नै नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा अन्तिम रहेको बताएका छन् । उनले आजको खेल निरासपूर्ण रहेको उल्लेख गरे । पहिले ब्याटिङ गर्न सहज नरहेको र एक सय ५० रनको योगफल राम्रो नै रहेको निसामको भनाइ छ । त्यहीअनुरूप बलिङ गर्दा जित निकाल्छौं भन्ने लागे पनि सफल नभएको उनी बताउँछन् । उनले पोखारले आगामी खेलमा राम्रो गरे अभैm पनि सम्भावना रहेको उल्लेख गरेका छन् ।