१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लेअफमा पुग्नेमा आशावादी छौँः सुवास खकुरेल



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकाल्दा प्लेअफमा पुग्ने सम्भावना देखिएकाले आफूहरू आशावादी रहेको बताएका छन् ।

पोखरा एभेन्सर्जमाथि जितपछि पोखराका प्रशिक्षक खकुरेलले बाँकी खेल जित्दा पनि गणीतीय समीकरणले असर पर्ने भएपनि आफूहरू प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले टिम लयमा पनि रहेकाले दुई खेल जित्ने आशा गरेका छन् । टी ट्वान्टी क्रिकेटमा ओपनिङ साझेदारी महत्वपूर्ण भए पनि राम्रोसँग चल्न नसकेको उनी बताउँछन् । उनले ओपनरहरूले धेरै मिहनेत गर्नुपर्ने औंल्याए । खराब लय आए पनि खेलाडीले आफ्नो प्रोसेस पछ्याउनुपर्ने उनले उल्लेख गरेका छन् । लुम्बिनीका मालिकले हारपछि सामाजिक सञ्जालमा पोखेको निरासपति उनले अन्यथा लिन नहुने उल्लेख गरे ।

खेलाडी र टिमलाई आवश्यक लगानी गरेपछि टिम मालिकले पनि त्यहीअनुरूप प्रतिफल खोज्नु स्वाभाविक रहेको उनी बताउँछन् । तर, कहिलेकाहिँ राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने उनको भनाइ छ । आइपिएलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले पनि १७ वर्षपछि उपाधि जितेको स्मरण गर्दै उनले टोली राम्रो हुँदा पनि नतिजा आउन समय लाग्न सक्ने बताएका छन् । अहिले आफ्ना टिमका मालिक पनि सकारात्मक पक्षमा रहेको उनी बताउँछन् । उनले हरेक खेलमा फिनिसिङ हुन नसके पनि आज सफल भएको उल्लेख गरे । सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्छौं भन्ने आशामा रहेको उनको भनाइ छ । हार भएको खेलमा धेरै रणनीति काम नगरेको उनी बताउँछन् । यो जितले आगामी खेलमा आत्मविश्वास दिने उनको विश्वास छ ।

पोखरा एभेन्जर्सका जिमी निसमले आजको खेल नै नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा अन्तिम रहेको बताएका छन् । उनले आजको खेल निरासपूर्ण रहेको उल्लेख गरे । पहिले ब्याटिङ गर्न सहज नरहेको र एक सय ५० रनको योगफल राम्रो नै रहेको निसामको भनाइ छ । त्यहीअनुरूप बलिङ गर्दा जित निकाल्छौं भन्ने लागे पनि सफल नभएको उनी बताउँछन् । उनले पोखारले आगामी खेलमा राम्रो गरे अभैm पनि सम्भावना रहेको उल्लेख गरेका छन् ।