काठमाडौँ । बुद्ध एयरको विमान चरासँग ठोक्किएको छ ।
शनिबार काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयरको 9N-AOC विमान अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।
विमानमा सवार यात्रु र चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।
अहिले प्राविधिक टिमले विमानको चेकजाँच गरिरहेको छ ।










