२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञमा करिब डेढ करोडको दान सङ्कलन



अ+ अ-

रामपुर । यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

उनले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिएका छन् । गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका सम्पन्न सो महायज्ञ यहाँ हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपाने कथावाचन गर्नु थियो । गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

वडा नं ६ को कार्यालय परिसरमा गत साउनबाट यता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाईहरू बाँध्न थालिएको छ ।