१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

टियु मैदानमा जारी खेलमा पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोड्यो ।

उसका लागि आडम रोसिङ्टनले अर्धशतक बनाए । ६३ बल खेलेका उनले सात चौका र पाँच छक्काको मद्दतले ८१ रन जोडे । यस्तै जिम्मी निशमले पनि अर्धशतक बनाए । ३२ बल खेलेका उनी ५१ रनमा अविजित रहे । कप्तान कुशल भुर्तेल र सुमित वर्मा खाता पनि नखोली पभेलियन फर्किए ।

वलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई दुई तथा गुलबदिन नइबले एक विकेट लिए ।

लुम्बिनीले चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ ।