१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान र एमसीसीबीच एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने सम्झौता



अ+ अ-

काठमाडौँ । क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ शुरु गर्ने घोषणा गरेका छन् ।

यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म—निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गर्नुभयो । यो अवार्ड एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवद्र्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो ।