२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष: युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा जनकपुर र सुदूरपश्चिम खेल्दै



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् ।

बिहान सवा ११ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । दिउँसो साढे ३ बजे सुरु हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने छन् ।

पोखरा र लुम्बिनीले अहिलेसम्म १–१ खेल मात्र जितेका छन् । पोखरा एभेन्जर्सले ३ खेल खेल्दा एक जित हात पारेको हो । दुई खेलमा पराजित भयो ।

यसैगरी लुम्बिनीले अहिलेसम्म ४ खेल खेल्दा एकमा मात्र जित हात पारेको छ । उ तीन खेलमा पराजित छ ।

पोखरा र लुम्बिनी अंक तालिकामा क्रमश: छैटौं र सातौं नम्बरमा छन् ।

साविक उपविजेता सुदूरपश्चिम भने अहिलेसम्म अपराजित छ । ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ ।

अर्कोतर्फ साविक विजेता जनकपुर बोल्ट्सले हालसम्म तीन खेल खेलेको छ । सबै खेलमा पराजित भएको जनकपुर अंक तालिकाको पुछारमा छ ।