२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री डा गौतम



फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य काम संस्थागत प्रणालीको सुदृढीकरण भएको बताउनुभएको छ ।

मन्त्रालयको आयोजनामा आज भएको राष्ट्रिय वार्षिक समीक्षा गोष्ठी (आव २०८१/८२) को उद्घाटन गर्दै उहाँले सरकार निर्वाचन गराउन जिम्मेवारी साथ सरकार गठन भए पनि सरकारको मुख्य काम संस्थागत प्रणालीमा सुधार गर्नु रहेको बताउनुभयो ।

भ्रष्टाचारको निर्मूल र बेथिति अन्त्य हुनुपर्ने कार्यादेश (म्यान्डेट) सहित सरकार गठन भएको उहाँको भनाइ छ । मन्त्री गौतमले आफू छोटो समय मन्त्रालयको नेतृत्व गर्न पाए पनि मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य र चार प्रदेश (लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम)को स्वास्थ्य सूचाङ्कलाई बढाउने रहेको बताउनुभयो ।

“स्वास्थ्य सूचाङ्क कमजोर रहेका चार प्रदेशमा कार्यक्रम प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्दछ”, उहाँले भन्नुभयो, “प्रदेशभित्र पनि जिल्लाको स्वास्थ्य सूचाङ्कलाई पनि बढाउन आवश्यक रहेको छ ।”

मन्त्री डा गौतमले औषधि आपूर्ति र स्वास्थ्य बीमा कार्यक्रममा पनि धेरै नै समस्या देखिएकाले समस्या गरेर लैजाने बताउनुभयो । उहाँका अनुसार औषधि आपूर्तिमा अहिले विज्ञ राखेर काम भइरहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पनि अझ प्रभावकारी रूपमा लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले मन्त्रालयका कर्मचारीको काम गर्ने ऊर्जा र इच्छा देखाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गौतमले गत वर्षको प्रगति विवरण राम्रो देखिएको भन्दै ७२ प्रतिशत स्वास्थ्य संस्थाको भौतिक प्रगति र ८० प्रतिशत खर्च गरेर सुधार गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले स्रोत कटौती भएको अवस्थामा कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले अरु क्षेत्रले गरेका समस्याका कारणले स्वास्थ्य क्षेत्रमा आइपर्ने काम पनि मन्त्रालयले गर्नुपर्ने भएको भनेजस्तो काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डमा अस्पतालले दाबी गर्ने २५ प्रतिशत डुब्लिकेशन देखिएको बताउनुभयो । कार्यक्रममा सात प्रदेशका स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयले आआफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।