१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्ने

सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्ने
अ अ+ अ-

काठमाडौँ। सीमामा हुने अवैध ओसारपसार नियन्त्रणमा कडाइ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले यहाँ आज आयोजना गरेको खुल्ला सीमा नाका कारण हुनसक्ने पशु तथा कृषिजन्य पदार्थहरुको अवैध ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

अन्तरदेशीय सीमा क्षेत्रमा हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारले देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको गर्दै सरोकारवालाले सीमामा परिचालित सुरक्षाकर्मी तथा सरोकारवाला निकायले  सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरी सीमामा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाकामा हुने अवैध गतिविधि तथा ओसारपसारमा संलग्नसम्बन्धी सूचना समयमा नै प्राप्त गर्न सीमा क्षेत्रको समुदायस्तरमा सूचक तयार गरी कार्य गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजस्व छली भएमा देशको लागि आर्थिक रुपमा हुने क्षति, रोगजन्य तथा स्वास्थ्यमा असर पर्ने विषादीयुक्त कृषिजन्य सामाग्री प्रयोगमा रोक  तथा स्वेदशी वस्तुको उत्पादन र प्रयोगमा जोड दिन आवश्यक छ, यी र यस्ता विषयमा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।”

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण कार्यमा एकले अर्कोलाई दोष लगाएर पन्छिनुभन्दा पनि आपसी समन्वय र सहकार्य गरी अवैध ओसारपसार र चोरीनिकासीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सकारात्मक भावना लिएर इमान्दारिताका साथ कार्य गर्न सकियो भने राजस्व वृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले खुला सीमा नाका कारण हुने अवैध क्रियाकलाप तथा गतिविधिलाई न्यूनीकरण, रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रदेशस्तरमा यस्ता कार्यक्रम सञ्चालनका लागि सम्बन्धित सरोकारवाला निकायसँग आपसी समन्वय तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पशु सेवा विभाग हरिहरभवन ललितपुरका महानिर्देशक डा रामनन्दन तिवारीले अन्तरदेशीय खुल्ला सीमा नाका कारण पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसारको नियन्त्रण एवं नियमन, कृषि क्षेत्रको वर्तमान अवस्था, अवैध ओसारपसारले कृषि बजार क्षेत्रमा पारेको नकारात्मक प्रभाव, समस्या र चुनौतीमा प्रस्ष्ट पार्नुभयो ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सीमा नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण तथा रोक लगाउने कार्यमा अन्तरनिकाय बीच आपसी समन्वय र सहकार्य गरी सीमा क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले सीमामा परिचालित सम्बद्ध निकायलाई प्रविधि, स्रोतसाधन तथा भौतिक पूर्वाधारको समेत उपलब्धता गराउनुपर्ने बताउनुभयो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशन विनोदप्रसाद उपाध्यायले सीमा नाकामा अन्तरराष्ट्रिय मापदण्ड अनुरुप मान्यता प्राप्त विलविजक नभएका सामानको जाँच गरी अवैध ओसारपसार नियन्त्रण गर्न सरोकारवाला निकाय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो ।