१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

सिँजा गाउँपालिकाले कृषि कर्जामा अनुदान दिने

सिँजा गाउँपालिकाले कृषि कर्जामा अनुदान दिने
Screenshot
अ अ+ अ-

जुम्ला। सिँजा गाउँपालिकाले कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सहुलियत व्याजदरमा ऋण प्रदान गर्नेभएको छ ।

सो पालिकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो पालिकाका बेरोजगार तथा कृषि उद्यमीलाई सरल कृषि अनुदान सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

स्थानीय कृषक समूह तथा कृषि व्यवसायसँग सम्बद्ध सहकारी संस्थालाई ब्याजदरमा अनुदान सहयोगको व्यवस्थासहित कृषि पेसामा आकर्षित गर्न लागेको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

अनुदान सहयोग कार्यक्रमअन्तर्गत कृषि व्यवसायमा संलग्न १८ देखि ६५ वर्ष उमेरका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न स्थनीय फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको अध्यक्ष धितालले स्पष्ट गर्नुभयो ।

संशोधित कृषि कर्जा निर्देशिका, २०६९ बमोजिम बैंकले पालिकाको सहयोगमा सहुलियत दरमा प्रदान गर्ने रकम आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने तथा ग्रेस अवधिसहित अधिकतम १० वर्षका लागि प्रदान गरिने व्यवस्था रहेको छ ।  सो गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

यो कर्जा लगानीपछि कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता तीर्थ वडको भनाइ छ ।

उक्त कार्यक्रमममा सहभागी नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा र गाउँपालिकाको सिफारिस, व्यायसायिक योजना तथा जग्गाधनी प्रमाणपत्रसहित अन्य आवश्यक  कागजातहरू उपलब्ध गराउनुपर्ने सिँजा गाउँपालिकाले जनाएको छ ।रासस