१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने काम नगरौंः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताउनुभएको छ ।

शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले खेलेका भुमिकाहरुको एकीकृत रुपमा प्रचार गर्नुपर्ने सहसंयोजक नेपालको भनाई थियो । उहाँले विगतमा आफूहरु सरकारको नेतृत्वमा रहँदा केही गरेन भन्नेहरुको पनि खण्डन गर्न पार्टी  नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । विगतमा हामीले खेलेका महत्वपूर्ण भुमिकाहरु प्रचार गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले अहिले पनि मुलुकलाई संकटबाट जोगाउन महत्वपूर्ण भुमिका खेल्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब त एकीकृत रुपमा प्रचार पनि गर्नुपर्दछ । म आउने मेरो मात्रै प्रचार गर्ने, अर्को वक्ताले आफ्नै प्रचार मात्रै गर्ने होइन । अब एकीकृत पार्टी भईसकेपछि सिंगो हामीले खेलेका भूमिकाहरु हामीले गरेको योगदानहरु यो देशको प्रत्येक संकटको बेलामा हामीले के के भुमिका खेल्यौं ? कस्ता कस्ता चुनौतिको सामना ग¥र्यौ ? जेन–जी पुस्तालाई अहिले पनि सही बाटोमा अघि बढाउन हामीले उत्प्रेरित गरिरहेका छौ । यी यावत कुराहरुले पनि बताउँछ कि पार्टीको भूमिका महत्वपूर्ण छ । अहिले पनि भदौ २३–२४ को घटनाले देशमा चिन्ता भईलिएको थियो । त्यो बेलामा पनि कमरेड प्रचण्ड र म मात्रै हौ कि राष्ट्रपति निवासमा राति नौ बजेदेखि विहान ४ बजेसम्म रातभरी हामी बस्यौ । राष्ट्रपतिले हामीलाई सम्झिनु भयो । अरु कुनैपनि पार्टीका नेताहरुको अत्तोपत्तो भएन । हामी पुग्यौँ र राष्ट्रपतिजीलाई भन्यौ–अहिले हुनुभएको प्रधानमन्त्रीलाई पनि सन्देश पठायौ कि तपाई अगाडि बढनुहोस् । राम्रो काम गर्नुस् । अब चुनाव नै गर्नुछ भने पनि निष्पक्ष चुनाव समयमा गर्नुस् । हामी ती सबै कुरालाई पनि साथ दिन तयार छौँ ।’

सहसंयोजक नेपालले भदौ २३ र २४ को घटनापछि मुलुकमा उत्पन्न संकट समाधान गर्न र मुलुकलाई निर्वाचनमा लैजाने वातावरण बनाउन आफू र पुष्पकमल दाहालले महत्वपूर्ण भुमिका खेलेको दाबी गर्नुभयो ।