१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्नेछः भीम रावल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताउनुभएको छ ।

शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गर्नुभयो । नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईहरुलाई नेतृत्व दिनेछ ।

त्यो कुरामा तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईहरुले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिंचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरुको रोजगारीका लागि तपाईहरु हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईहरुलाई साथ दिन तयार छौ । तपाईहरुको कठिनाईमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ ।’

नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाउनु भयो ।