२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट टेलिकमका पीडितलाई भेट्दै सञ्चारमन्त्रीले भने–अन्यायमा पर्न दिन्न



अ+ अ-

काठमाडौँ । स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् । आज सिंहदरबारस्थीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु पीडित बनेको उनीहरुले बताए । स्मार्ट टेलिकम टावर पीडित संयोजक कृष्णबहादुर थापाले टेलिकमबाट आफूहरु पिडित भएको र बसौँसम्म पनि समस्या सामाधन नभएपछि संचारमन्त्री भेट्नुपरेको बताए ।

संयोजक थापाले भने–‘स्मार्ट टेलिकम टावर पीडित संगठित रुपमा समूह बनाएर आज सचारमन्त्रीलाई भेट्यौं । हामीले मन्त्रीलाई आफ्नो कुरा राख्यौं । मन्त्रीले हामीलाई राम्रो आश्वासन दिनुभयो । समस्या समाधान हुन्छ भनेर हामी विश्वस्त छौं । हाम्रो समस्या भनेको स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि हामीले टावर राख्नुप¥यो भनेर घर माग्न आयो । उहाँले विभिन्न ठाउँमा सेवा विस्तार गरेका छौं भनेर डकुमेन्ट लिएर टावर राख्नका लागि घर माग्नुभयो । महिनौँ पिच्छे बैंकमा तपाईंहरुको भाडा हाल्दिन्छौं र कर पनि दाखिला गर्दिन्छौं भनेपछि हामीले घर भाडामा दियौँ । उनीहरुले ठाउँठाउँमा यसरी नै घरहरु पनि लिएका थिए । पछि स्मार्ट टेलिकम घाटामा जान लागेछ । उसले हामीलाई भाडा कम हाल्न थाल्यो । पछि भाडा नै हाल्न छाड्यो । भाडा हाल्न छाडेपनि उसको अफिसमा हामी जान लाग्यौं । अफिसमा गार्डमात्रै हुने कम्पनी भागिसकेको रहेछ । कम्पनी भागेपछि हामी दूरसञ्चार प्राधिकरण जमल ग¥यौँ । त्यहाँ निवेदन मागियो । हामीले २–३ सय निवेदन दियौँ । व्यक्तिपिच्छे दर्ता गयौँ । समस्या समाधान भएन । हामीले टेलिकम खारेज हुनुभन्दा २ वर्षअघिको भाडा पाएका छैनौं । अहिले स्मार्ट टेलिकम खारेज भएको पनि तीन वर्ष भयो । उनीहरुको टावर अहिले हाम्रो घरमै छ । बिजुलीको बिल उसले तिर्ने सम्झौता हो तर त्यो तिरेको छैन् । काठमाडौंमा १ हजार भन्दा बढी पीडित छौं । देशभर ५ हजार पीडित छौँ ।’ 

स्मार्ट टेलिकम टावर पीडित संयोजक थापाकाअनुसार स्मार्ट टेलिकम खारेजपछि सबै सम्पती नेपाल सरकारले लिएको छ । सरकारले समीति पनि बनाएको छ । त्यो समितिबाट छिटो काम गराएर आफूहरुलाई क्षर्तिपूर्ति दिनुपर्ने उहाँले बताउनु भयो । भेटमा सञ्चारमन्त्री खरेलले यसबारे आफू जानकार रहेको बताउँदै समस्या हल गर्नतर्फ लाग्ने बताउनु भयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो–‘तपाईंहरुको माग जेजे छ, लिखित ल्यानुहोस् यो सरकारले कसैलाई अन्यायमा पर्न दिँदैन । सबैतिरका समस्या सरकारले सुन्छ । समस्या सुन्दा कहाँनिर बद्मासी भएको छ, को अन्यायमा परेको छ । यसको न्याय र समस्या समाधान कसरी हुनुपर्छ, सरकारले खोजिहाल्छ ।’
उहाँले अझ स्पष्टताका लागि लिखित मागहरु ल्याउन समेत पिडितहरुलाई आग्रह गर्नुभयो ।




भर्खरै