२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः काठमाण्डुले चितवनलाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत १५ औं खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डुले चितवनलाई ५३ रनले हराएको हो । १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रनमै अलआउट भयो ।

उसका लागि देव खनाल र रवि बोपाराले २१–२१ रन जोड्दा शोहेल तनविरले १८ रन बनाए । अन्य ब्याट्सम्यान फ्लप सावित भए ।

चितवनलाई सस्तैमा समेट्न काठमाण्डुका राशिद खानले तीन तथा करण केसी, मिलिन्द कुमार शाहब आलमले दुई–दुई विकेट लिँदा सन्तोष यादवले एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा अलआउट भयो ।

उसका लागि जोन सिम्पसनले सर्वाधिक ६० रनको योगदान दिए । २९ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै, मिलिन्द कुमारले ३८, बेन चार्लस्वर्थले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका शोहेल तनविर एक्लैले चार विकेट लिए भने रन्जित कुमार र कमल ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।

जारी प्रतियोगितामा काठमाण्डुको यो तेस्रो जित हो । पाँच खेल खेलेको काठमाण्डुले तीन जित तथा दुई हार ब्यहोरेको छ । यता, चितवनले भने चार खेलमा दुई जित तथा दुई हार ब्यहोरेको छ ।