१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते



अ+ अ-

काठमाडौँ  । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो ।

काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताउनु भयो । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘घोषणा सभा २०८२ मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागिता रहने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्था र भीड व्यवस्थापनको तयारीको काम लगभग अन्तिम चरणमा पुगेका छन । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारको माननीयमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रश्तुत गरिनेछ ।  सार्वजनिक गरिनेछ ।’

पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् । प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताउनु भयो ।