२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
अ अ+ अ-

गलकोट, (बागलुङ) । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो ।

विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न सुरु गरिएको थियो ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो । विसं २०७२ मा पर्वतको जलजला गाउँपालिका–७ स्थित धाइरिङको गण्डकी गोपाल गौशालाबाट एउटा गाई हेलिकप्टरमा ल्याएर सुरुआत गरिएको गौवंश संरक्षण केन्द्रमा यतिबेला एउटा साँढेसहित ५७ वटा गाई छन् ।

स्थानीयको नि:शुल्क प्राप्त ८२ रोपनी जमिनमा करिब आठ लाखका संरचना निर्माण गरिएको छ । स्थानीय प्रजातिका वैदिक गाई संरक्षणमात्र होइन, गाईको गहुँत प्रशोधन गरेर आयुर्वेद औषधि बनाउने तयारीसमेत गरिएको संरक्षण केन्द्रका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताउनुभयो ।

“संरक्षण केन्द्रका गाई बिहान एकपटक मात्र दुहिन्छ, त्यो पनि बाच्छाबाच्छी अघाएपछि, यहाँका बाच्छाबाच्छी दाम्लोमा बाँधिन्न, चौबीसै घण्टा खुला छोड्छौँ”, अध्यक्ष आचार्यले भन्नुभयो, “संरक्षण केन्द्रका परिकल्पनाकार मुक्तिनाथ बाबाको इच्छाअनुसार बाच्छाबाच्छी अघाएपछिमात्र बिहान एक छाक दूध दुहुने हो, साँझमा दुहुने चलन छैन ।”

थोरैथेरै भएको दूध घ्यू पूजापाठमै प्रयोग हुन्छ । पछिल्लो समय गाउँघरमा जर्सी गाई पाल्नेहरू बढ्दैछन् । स्थानीय प्रजातिका गाई देख्नै मुस्किल छ । संरक्षण केन्द्रमा स्थानीय प्रजातिका गाई सङ्ख्या बढ्दै जाँदा धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै छ । बागलुङको पञ्चकोट घुम्न जाने अधिकांश पर्यटक गौवंश संरक्षण केन्द्रमा समेत पुग्न थालेको पञ्चकोट विकास परिषद् बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले बताउनुभयो ।

संरक्षण केन्द्रका अध्यक्ष आचार्यले भन्नुभयो, “तिहारको गाईपूजामा गाई पुज्नेहरूको भीड नै लाग्यो, डेढ लाख त भेटीमात्र उठ्यो । एकैठाउँमा स्थानीय प्रजातिका धेरै गाई भएपछि तिहारमा मात्र होइन अन्य समयमा पनि पाठपूजा, वैतरणी गर्न आउनेहरूको सङ्ख्या बढ्न थालेको छ । गाईको गहुँतसमेत लिन आउनेको सङ्ख्या बढ्दो छ ।”

उहाँका अनुसार यहाँका गाईलाई कृत्रिम गर्भाधान गराउन पाइँदैन । गाईको गोबरबाट निकट भविष्यमा धुप निर्माण गर्ने योजना रहेको अध्यक्ष आचार्यको भनाइ छ । गौवंश संरक्षण केन्द्र पञ्चाकोट विकास परिषद्को सहयोगमा चल्दै आएको छ । गाईको रेखदेख र हेरचाहका लागि पाँच जना गौसेवक खटिएका छन् ।

घाँस काट्ने, गोबर सोर्ने, दानापानी खुवाउने काममा खटिने गौसेवकलाई पारिश्रमिक पञ्चकोट विकास परिषद्ले उपलब्ध गराउँदै आएको छ । संरक्षण केन्द्रका गाईलाई बागलुङ नगरपालिकासँगै काठेखोला, जैमिनी र पर्वतबाट समेत स्थानीयले नि:शुल्क पराल उपलब्ध गराउँदै आएका छन् । रासस