१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की र एमाले नेताबीच भेट, के–के भयो कुरा ?



अ+ अ-

काठमाडौ‌। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)का नेताहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ भएको छलफल भ्रष्टाचार निययन्त्रण, सुशासन र निर्वाचन केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

उहाँका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेकोमा नेकपा एमालेलाई धन्यावाद दिँदै निर्वाचनमा सहभागि हुन आग्रह समेत गर्नुभयो । जवाफमा नेकपा (एमाले) का नेताहरुले निर्वाचबाट नभाग्ने भन्दै सरकारले निर्वाचनको लागि उचित वातावरण बनाउनुपर्ने धारणा राखेको मन्त्री खरेलले बताउनुभयो । उहाँले छलफलमा प्रधानमन्त्री कार्कीले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध कुरा राखेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र घोषित मितिमा निर्वाचन गर्ने सम्बन्धमा नेकपा ९एमाले०सँग औपचारिक छलफल गर्नुभयो । छलफलका क्रममा निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि जसरी एमालेले दर्ता गरेको छ त्यसलाई प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभयो र निर्वाचनमा भाग लिन आग्रह समेत गर्नुभयो । छलफलमा एमालेका प्रतिनिधिहरु जनमतबाट टाढा नभाग्ने र चुनावमा रमाउने पार्टी समेत भएको कारणले चुनावदेखि नभाग्ने र चुनावमा सहभागि हुने कुरा गर्नुभयो । यद्धपी शान्ती सुरक्षामा चासो राख्दै शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सरकारले वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्रीज्यूले भयरहित, शान्तीपूर्ण र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने कुरा राख्नुभएको छ ।’

नेकपा (एमाले) का नेता महेश बर्तौलाले एमालेले चुनावको निष्पक्षता र निर्भयताको वातावरण चाहेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताउनु भयो ।

उहाँले सरकारले अहिले गरिरहेका क्रियाकलपाले भयरहित ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताउनु भयो ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागि हुनुहुन्थ्यो । नेकपा ९एमाले० बाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी हुनुहुन्थ्यो । –न्युज एजेन्सी नेपाल