९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की र एमाले नेताबीच भेट, के–के भयो कुरा ?



अ+ अ-

काठमाडौ‌। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)का नेताहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ भएको छलफल भ्रष्टाचार निययन्त्रण, सुशासन र निर्वाचन केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

उहाँका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेकोमा नेकपा एमालेलाई धन्यावाद दिँदै निर्वाचनमा सहभागि हुन आग्रह समेत गर्नुभयो । जवाफमा नेकपा (एमाले) का नेताहरुले निर्वाचबाट नभाग्ने भन्दै सरकारले निर्वाचनको लागि उचित वातावरण बनाउनुपर्ने धारणा राखेको मन्त्री खरेलले बताउनुभयो । उहाँले छलफलमा प्रधानमन्त्री कार्कीले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध कुरा राखेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र घोषित मितिमा निर्वाचन गर्ने सम्बन्धमा नेकपा ९एमाले०सँग औपचारिक छलफल गर्नुभयो । छलफलका क्रममा निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि जसरी एमालेले दर्ता गरेको छ त्यसलाई प्रधानमन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभयो र निर्वाचनमा भाग लिन आग्रह समेत गर्नुभयो । छलफलमा एमालेका प्रतिनिधिहरु जनमतबाट टाढा नभाग्ने र चुनावमा रमाउने पार्टी समेत भएको कारणले चुनावदेखि नभाग्ने र चुनावमा सहभागि हुने कुरा गर्नुभयो । यद्धपी शान्ती सुरक्षामा चासो राख्दै शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सरकारले वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्रीज्यूले भयरहित, शान्तीपूर्ण र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने कुरा राख्नुभएको छ ।’

नेकपा (एमाले) का नेता महेश बर्तौलाले एमालेले चुनावको निष्पक्षता र निर्भयताको वातावरण चाहेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताउनु भयो ।

उहाँले सरकारले अहिले गरिरहेका क्रियाकलपाले भयरहित ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताउनु भयो ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागि हुनुहुन्थ्यो । नेकपा ९एमाले० बाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी हुनुहुन्थ्यो । –न्युज एजेन्सी नेपाल