१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्रलाई कमलको धन्यवाद



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भएका दलहरूसँग एकता गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णयको स्वागत गर्दे राजेन्द्र लिङ्देन र सम्पूर्ण राप्रपा नेतृत्व पंक्तिलाई धन्यवाद दिनु भएको छ ।

राप्रपाको आज बसेको बैठकले समान विचारधारा भएका दल, अभियान, समुह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुब बहादुर प्रधान रहेको वार्ता समिति गठन गरेको थियो ।

थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ- जेन्जी आन्दोलनपछि तीव्रगतिमा भइरहेको राजनीतिक ध्रुवीकरणको सन्दर्भमा राष्ट्रवादी शक्तिहरूको एकता अनिवार्य बनेको थियो।

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने जेन्जी युवाहरूको आन्दोलनको अधुरो कार्य पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिहरूको काँधमा आएको छ।

अब ढिलो नगरी एकता प्रक्रियालाई टुङ्ग्याऔँ र भ्रष्टाचारको अन्त्य,सुशासनको प्रत्याभूति एवं हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न देशव्यापी अभियान सुरु गरौं।