१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेन–जी भन्दा कम छैनौँः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरु नरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उमेरको हिसावले धेरैजसो नेताहरु उत्तराद्र्धमा रहेको बताउनु भयो । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा जेन–जी युवा भन्दा कम नरहेको बताउनु भयो । अन्तिम समयसम्म आफूहरु सक्रिय भुमिका निर्वाह गर्ने आकंक्षामा रहेको बताउनु भयो । जेन–जीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरुको चाहना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुनतः हामी उमेरको हिसावले धेरैजसो नेताहरुले यहाँ अहिलेको उपस्थित छौँ । हामी उत्तराद्र्धतिर छौँ । तर राष्ट्रप्रतिको जिम्मेवारी, यो राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी कुनै जेन–जी युवा भन्दा कम पनि छैनौँ । अन्तिम समयसम्म हामी त्यो भुमिका पूरा गर्न चाहन्छौँ । जेन–जी युवाहरुको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरुलाई सही बाटोमा ल्याउने र त्यो तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ । यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भन्ने होलान् । हामी पद भइराख्नुपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीतिक गर्ने वातावरण बन्यो भने पद हाम्रो लागि ठूलो कुरा होइन ।’

संयोजक दाहालले आफूहरुको एकता एउटा आन्दोलन भएको बताउनु भयो । आफूहरुको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताउनु भयो । नेपाली कम्युनिष्ट पार्टीले युवाहरुको आवाजलाई मुखरित गर्ने बताउनु भयो ।