२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहितामा ‘ग्रिन इलेक्सन’ आचरण थपियो, चुनाव प्रचारप्रसार गर्दा वातावरणमैत्री हुनुपर्ने



अ+ अ-

काठमाडौं । निर्वाचन आचारसंहितामा हरित निर्वाचन (ग्रिन इलेक्सन) आचरणको नयाँ प्रावधान थपिएको छ ।

आचारसंहिताको बुँदा नम्बर ३६ अनुसार राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा दलको भातृ संगठन वा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिले चुनाव प्रचारप्रसार गर्दा ग्रिन इलेक्सनसम्बन्धी आचरणको पालना गर्नुपर्ने हुन्छ ।

नयाँ आचारसंहिता अनुसार, निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा वातावरणमैत्री सामाग्री को प्रयोग गर्नुपर्नेछ, र प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ । साथै, प्रचारप्रसारमा डिजिटल माध्यमलाई प्राथमिकता दिनुपर्ने र ध्वनि, जल तथा वायु प्रदूषण न्यून गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने प्रावधान राखिएको छ । ग्रिन इलेक्सनको आचरणलाई प्रोत्साहन गर्न इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने तथा कार्यक्रम समाप्त भएपछि प्रयोग भएका सामाग्रीहरू अनिवार्य रूपमा संकलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने विषयहरू पनि यसमा समेटिएका छन् ।

ग्रिन इलेक्सनको आचरण अन्तर्गत निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सवारीसाधन प्रयोग गर्दा इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने र सभा जुलुस वा र्‍याली वा घरदैलो कार्यक्रम गर्दा प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न नहुने भनिएको छ ।

आचारसंहिताको कडाइका साथ पालना गराउनका लागि तीन तहका अनुगमन समितिहरू गठन गरिनेछन् । जसमा निर्वाचन आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आयोगले तोकेका १० भन्दा बढी सदस्यीय निर्वाचन आचारसंहिता अनुगमन टोली र मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति रहनेछ ।

उल्लङ्घनका घटनाको छानबिनका लागि प्रमाण जुटाउन दृश्यको छायांकन तथा अन्य विद्युतीय उपकरणहरूको प्रयोग गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।




सम्बन्धित समाचार
भर्खरै