१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि-छविको मुद्दा न्यायधीशद्वय राई र डंगोलको इजलासमा



अ+ अ-

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायधीशद्वय मिलन राई र सानुमैया डंगोलको इजलासमा परेको छ ।

रवि र छविको मुद्दा तीन नम्बर इजलासमा परेको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक २० गतेको इजलासले सुरुको मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता तोकिएको पेशी लामिछानेका कानून व्यवसायीले माग गरेपछि स्थगित भएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले लामिछाने र जोशी मुद्दा एकै साथ हेर्न आदेश दिएको थियो । सोहिअनुसार दुबै मुद्दामा एकसाथ पेशी तोकिएको हो । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा रहेका छन् ।