२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ ।

बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबीच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्वपूर्ण मञ्च भएको बताउनुभयो ।

यहाँस्थित सार्क सचिवालयका अनुसार त्यस अवसरमा सार्कका महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट निरन्तर प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समितिको भूमिकाको महत्वको चर्चा गर्नुभयो । साथै उहाँले दक्षिण एसियाली मुलुकहरूको उन्नयनको साझा उद्देश्यका खातिर सार्क स्थापना भएको बताउँदै सामूहिक रूपमा सार्कले धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट तथा गतिविधिका वार्षिक तालिकाहरूको समीक्षाका साथै त्यसलाई अन्तिम रूप दिएको छ ।

नेपालको अध्यक्षतामा भएको समितिको बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखका साथै सचिवालयका उच्च अधिकारीहरूको सहभागिता थियो । रासस