९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले विराटनगरलाई १७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोड्यो । उसका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए । ३८ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । यस्तै, सैफ जइबले ३२, देव खनालले २८, कुशल मल्लले २० रन जोडे ।

बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गले दुई–दुई विकेट लिए भने शुभम रन्जानेले एक सफलता हात पारे ।