१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएचडी नै नगरी झुटो विवरण पेश गर्ने चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना प्राध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा उनिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार पद्म कन्या क्याम्पसमा कार्यरत प्रा.डा. जया लक्ष्मी प्रधान, त्रि।वि। रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरी सह-परीक्षा नियन्त्रक छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिएको देखिएकोमा निज प्रतिवादी डिल्लीराम प्रसाईले मिति २०८१।०५।२६ गते सह -परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस भई त्रि.वि. रजिष्ट्रारबाट मिति २०८१।०८।१८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह(परीक्षा नियन्त्रक पदमा मिति २०८१।०८।१९ गतेदेखि लागू हुने गरी नियुक्ति लिन सफल भएको देखिएकोमा देहाय अनुसारको बदनियतपूर्वक कार्य भए गरेको जनाएको छ ।

gnkwrW