२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वर्ष सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखाल्न विशेष महाधिवेशन गरौँः गुरु घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै घिमिरेले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले विगत ३५ वर्षको पार्टी सञ्चालन र नेतृत्वको कार्यशैलीमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन आयोजना अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेस विगत ३५ वर्षदेखि निरन्तर सरकारमा रहेको उल्लेख गर्दै सरकारमा रहँदा गरेका कामहरुको समिक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले पार्टीको सुधारको लागि केन्द्रिय समितिको सिमित घेराले मात्रै पर्याप्त नहुने भन्दै नियमित महाधिवेशन अपरिहार्य रहेको उनले दोहो¥याउनु भयो ।

सत्तामा बसेका बेला पार्टीले सञ्चित गरेको धुलो र हिलो पखाल्नुपर्ने घिमिरेको तर्क थियो । उहाँले गत असोज २८ देखि चलिरहेको काँग्रेस केन्द्रिय समितिको बैठकले आजसम्म उल्लेख्य निष्कर्ष निकाल्न नसक्नु पार्टी नेतृत्वको कमजोरीको परिणाम भएको पनि बताउनु भयो । उहाँले काँग्रेस केन्द्रिय समिति बैठकले संसारका सबै रेकर्डहरु भंग गरिसक्दा समेत निर्वाचनमा सहभागि हुने निर्णयबाहेक निष्कर्ष निकाल्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नुको सट्टा उल्टै अपमानित गर्ने काम गरेको भन्दै त्यस्तो नगर्न समेत पार्टी नेतृत्वलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘३५, ३६ वर्षअघिको घटनालाई हामी समिक्षा गरौँ । विगत ३५ वर्ष सरकार चलाउँदा हामीले कतै कमजोरी त गरेनौं ? कतै हामी बिग्रिएका त छैनौं ? हाम्रो मात्रै गल्ती छ कि अरुको पनि गल्ती छ ? त्यसको समिक्षा गरौँ । समिक्षा गर्नको लागि केन्द्रीय समितिको साँघुरो घेरा मात्रै पर्याप्त छैन । त्यो घेरामा मात्रै छलफल गरेर पर्याप्त भएन । त्यसैले नियमित महाधिवेश गरौँ । हामीले विनम्रतापूर्वक महाधिवेशनको लागि अनुरोध गर्दा पनि पार्टी नेतृत्वले सुनेन । पार्टी नेतृत्वको कानमा बतास लागेन । त्यसैले हामीले सल्लाह गरेर गरेर २ हजार ४ सय ८८ जनाको हस्तक्षरसहति केन्द्रीय कार्यालयमा प्रश्ताव दर्ता गर्यौं । हामीले उक्त कार्य विग्रह र अनुशासनहीन काम नभएको कार्यवाहक सभापतिज्यूलाई भन्यौं । सत्ताको आलमा बस्दा लागेको धुलो र हिलो पखालौं । जनताको अगाडि देखाउन मिल्ने बनाऔँ । अनुहार सफा पारेर उज्यालो बनाऔँ । विगतमा भएका कमजोरीको अपराधवोध गरेर बस्ने होइन । अगाडिको बाटो हेरेर सच्याएर अगाडि बढ्ने हो । तर पार्टी केन्द्रीय समितिको बैठक विश्वमा किर्तीमान राख्नेगरी बैठक बस्दा पनि निष्कर्ष निकाल्न सकेका छैनौं । २८ असोजमा शुरु भएको बैठक आजसम्म पनि निष्कर्षमा पुग्न सकेका छैनौं । बैठकबाट हामीले निर्वाचनमा भाग लिनेबाहेक केही निष्कर्ष निकाल्न सकेका छैनौं ।’

उहाँले विशेष महाधिवेशनमार्फत नयाँ पुस्ताको सहभागितासहित पार्टी पुनःसंरचना गर्नुपर्ने माग दोहो¥याउनु भयो । उहाँले पुस मसान्तसम्म विशेष महाविधेशनको कार्यकालिता सार्वजनिक गर्न माग समेत गर्नुभयो ।




भर्खरै