१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम कलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न



अ+ अ-

काठमाडौँ । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत राम कलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई  विभिन्न परिकार खुवाउने परम्परा रहेको छ । रामकलेवाकालागि राम सहित चारै भाईको प्रतिकको रुपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए । राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई भोजन ग्रहण गराइयो ।

रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए । चारै भाईका साथै अयोध्याबाट आएका जन्तीहरुलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए । सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो ।

रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरिएको छ ।