१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशन: पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रचण्डले प्रस्ताब गर्ने



अ+ अ-

काठमाडौं ।नेकपा (माओवादी केन्द्र(को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउसो बाट सुरु हुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै  माओवादी केन्द्रले शनिबार तय भएको निर्बाचन कार्यक्रम स्थगन गरेको थियो ।  निर्बाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आज दिउसोृ २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिने जानकारी दिनुभयो ।

यसै गरी उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । श्रेष्ठका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्बौचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

निर्वाचनमा १ हजार ७४२ जना प्रतिनिधिहरुले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । माओवादी केन्द्रको अध्यक्षमा भने पुष्पकमल दाहाल सर्वसम्मत चयन हुने  पक्कापक्की जस्तै देखिएको छ भने वरिष्ठ उपाध्याक्षमा नारायणकाजी श्रेष्ठ,उपाध्यक्षहरु कृष्णबहादुर महरा,देव गुरुङ,पम्फा भुषाल,हरिबोल गजुरेल र मातृका यादव, गणेश शाह , परशुराम तमाङ, लगायतका नेताहरुको सम्भाबना रहेको एक नेताले जानकारी दिनुभयो ।

यसै गरी महासचिबमा जनार्दशन शर्मा र बर्षामान पुनको दाबी रेका कारण अध्यक्ष दाहाललाई दुई नेताको व्यवस्थापनका सकस भएको उहाँले जानकारी दिनुभयो । उपाध्यक्षमा व्यवस्थापन गर्न नसकिएका केही नेताहरु मध्ये एकले कोषाध्यक्षको र अन्यले उपमहासचिवको भूमिका पाउने छन् ।  समावेशितालाई पनि ध्यान दिनुपर्ने कारण गणेश साह, परशुराम तमाङलाई पनि पदाधिकारीमा समेट्नु पर्ने दबाब अध्यक्ष प्रचण्डमाथि छ ।  सचिवमा देबेन्द्र पौडेल, शक्ति बस्नेत, हितमान शाक्य  लगायतका नेताहरुको बारेमा छलफल भएको छ ।