९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामजानकी विवाहसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न



अ+ अ-

जनकपुरधाम । जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलवार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।

रामजानकीकको वैवाहिक कार्यक्रममिथिला संस्कृतिअनुसार सम्पन्न भयो । वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थरामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात राजा जनकको भुमिका निर्वाह गर्नुभएको थियो । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गर्नुभएको थियो ।

वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको थियो । यसअघि विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै उर्लिएको देखियो । स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्वगर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो ।

जानकीमन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए । दुवै मन्दिरका डोलासँग साधु सन्तहरुसँगै हजारौँ श्रद्धालुहरुको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाईविशेष पूजा गर्नुभयो । पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो ।