२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिनुभएको हो ।

उहाँले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताउनु भयो ।

पार्टीले महाधिवेशनमा प्रश्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको बताउनु भयो । पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिनुभयो । आफूहरुले संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताउनु भयो । नेकपा एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको र संवैधानिक संपरीक्षणको लागि निवेदन दिइसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालयको दोस्रो बैठक हो । महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र केके काम गर्नुभयो ? प्रगति विवरण के छ, कहाँ थप काम गर्न बाँकी छ, यसमा सबै समितिका संयोजकले प्रतिवेदन प्रश्ततु गर्नुभयो । पार्टीले महाधिवेशनमा प्रश्तुत गर्ने लोगोको बारेमा छलफल भयो । अन्तिम रुप दिने तयारी गरिरहेका छौँ । पार्टीको महाधिवेशनको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भनेर प्रमुख नारा बनाएका छौँ । सबै समितिले तोकिएको कार्यक्षेत्रभित्र गर्नुपर्ने कामको बारेमा छलफल भएको छ । महाधिवेशनको तयारीको अन्तिम तयारीमा छौँ । संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका छौँ । यो नियमित काम हो । यो संवैधानिक दल हो । संवैधानिक हिसावले अद्यावधिक गरिरहनुपर्छ । संसद पुनःस्थापनाको पक्षमा हाम्रो पार्टीको ओपनियन हो र संवैधानिक संपरीक्षणको लागि निवेदन दिएका छौँ । त्यो कानूनी प्रक्रियाबाट लडाईं लड्ने कुरा हो । सरकारलाई निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षा, अमनचयन कायम गर्न, स्थानहद नतोक्न बारम्बार भनिरहेका छौँ । नेताहरु कार्यक्रममा जाँदा जुन किसिमको अराजकता देखिएको छ यसले सरकार शान्ति सुरक्षामा संवेदनशिल छैन र सरकार निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाएको छैन ।’

उहाँले सरकार शान्ति सुरक्षामा संवेदनशिल नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।