९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डुसँग निरिह लुम्बिनी, २२ रनले पराजित



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्समाथि जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको हो । १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमा अलआउट भयो ।

उसका लागि शेर मल्लले २७, दिलिप नाथले २५, डी’आर्की शर्टले २२ तथा रोहित पौडेल र गुलाबदिन नइबले ११–११ रन जोडे ।

काठमाण्डुका मिलिन्द कुमार र जेरहार्ड इरास्मसले दुई–दुई तथा शाहब आलम, करण केसी, सन्तोष यादव र राशिद खानले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्यो । उसका लागि कप्तान करण केसीले अन्तिममा प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याउन टोलिलाई माथि उकासे ।

मात्र ११ बल खेलेका उनले ४ छक्का र १ चौकाको मद्दतले ३४ रनमा अविजित रहे । यस्तै, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले १७–१७ रन बनाउँदा राशिद खानले १४ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलमान, शेर मल्ल, गुलाबदिन नइब र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

काठमाण्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र तेस्रो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।

यता, लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।