२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाण्डुद्वारा लुम्बिनीसामु १५८ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा काठमाण्डुले लुम्बिनीलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्यो । उसका लागि कप्तान करण केसीले अन्तिममा प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याउन टोलिलाई माथि उकासे ।

मात्र ११ बल खेलेका उनले ४ छक्का र १ चौकाको मद्दतले ३४ रनमा अविजित रहे । यस्तै, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले १७–१७ रन बनाउँदा राशिद खानले १४ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलमान, शेर मल्ल, गुलाबदिन नइब र रोहित पौडेलले दुई–दुई विकेट लिए ।