२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले समय नदिएको भन्दै सिंहदरबार गेट अगाडि जेन–जी समूह प्रदर्शनमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेन–जी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री कार्कीले जेन–जी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ ।

प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेन—जी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । उहाँले आफूहरुले सुशासन मागेको भएपनि प्रधानमन्त्रीले जेन—जीका माग पूरा नगरी निर्वानको मात्र रटान लगाइरहेको आरोप समेत लगाउनु भयो ।

आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उहाँको चेतावनी छ । —न्युज एजेन्सी नेपाल

https://www.facebook.com/watch?v=1185659670355937