९ श्रावण २०८३, शनिबार
,
Latest
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित



अ+ अ-

एजेन्सी । मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसहरुलाई विस्थापीत गरेको अधिकारीहरुले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्यहरू प्रभावित भएको उनीहरुले जनाएका छन् ।

केलान्टन, प्रान्तमा धेरै दिन देखि लगातार भारी वर्षा भएकाले नौ हजार ७०० भन्दा बढी मानिसहरुलाई स्थानानान्त्रण गरी राहत केन्द्रहरूमा राखिएको जनाइएको छ ।

अन्य विस्थापितहरू मध्ये दुई हजार ७१८सेलान्गोर प्रान्तका र दुइृ हजार ८८१ पेराक प्रान्तका रहेको र अन्य बाँकी देशका विभिन्ने क्षेत्रका रहेको जनाइएको छ ।

यसैबीच, सरकारका मुख्य सचिव समसुल अजरी अबु बकरले बाढीबाट प्रभावित राज्यहरूमा सरकारले विभिन्न एजेन्सीसँगको समन्वयमा एक लाख भन्दा बढी कर्मचारी तथा आवाश्यक सामाग्री तैनाथ गरेको बताउनु भएको छ ।

कार्यबहाक शिक्षा मन्त्री वोङ काह वोहले राष्ट्रिय स्तरका परीक्षाहरू अगाडि बढ्ने बताउदै असहज परिस्थितिलाई सामना गर्ने आकस्मिक उपायहरू भएकाले उम्मेदवारहरू सुरक्षित रूपमा परीक्षा दिन सक्ने बताउनु भएको छ ।

यसै विच प्रधानमन्त्री अनवर इब्राहिमले बाढी प्रभावितहरुको उद्धार तथा राहत वितरण गर्ने राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी प्रति सन्तुष्टि व्यक्त गर्दै सबै एजेन्सीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न अधिकतम प्रयास गर्न निर्देशन दिनु भएको छ ।

मौसम विभागले भने निरन्तर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ ।